मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट हेर्न काबुलदेखि मुल्तानसम्म

ekantipur.com · Thu Aug 31 00:50:31 GMT 2023

मुल्तान — मुल्तान क्रिकेट रंगशालामा शुक्रबार नेपाल र पाकिस्तानबीच एसिया कप क्रिकेटको उद्घाटन खेल सुरु हुँदा रंगशालामा २५ प्रतिशत हाराहारीमा मात्र दर्शक देखिएका थिए, जबकि ७५ प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको थियो । स्थानीय समयअनुसार सवा २ बजे सुरु बजे भएको खेलमा रंगशालाभित्र आएका जति दर्शक स्ट्यान्डमा छहारी खोजेर बसेका थिए ।

मुल्तानमा दिउँसोको तापक्रम ३८ डिग्री थियो । साँझ भएसँगै दर्शक मैदानमा ओइरिए । सम्भवतः टिकट काटेका सबै दर्शक पाकिस्तान र नेपालको खेल हेर्न आएका थिए । अधिकांश दर्शक घरेलु थिए र उनीहरूले पाकिस्तानको समर्थन गरिरहे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)