मणिपाल प्रकरण : २ जना कारागार चलान
rajdhanidaily.com · Fri Oct 13 23:17:56 GMT 2023
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेकामध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । कारागार चलान हुनेमा पोखरा ५ का विनय गुरुङ र पोखरा १७ का छावा भनिने सुशील कार्की हुन् । सो घटनामा ७ जना जनही १ लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय र सुशीललाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । धरौटीमा रिहा हुनेमा पोखरा ४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा ५, मालेपाटनका अभिनाश गुरुङ, पोखरा ५ पस्र्याङका अरुण गुरुङ, पोखरा ९ नयाँबजारका नितेश गुरुङ, पोखरा ९ नयाँबजारका विवेक गुरुङ, पोखरा २० भलामका मनीष थापा र पोखरा ११ फूलबारीका प्रदीप गुरुङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)