एकतर्फी रुपमा चुनावी प्रचारका सामग्री प्रयोग गरिएकोप्रति केसी असन्तुष्ट
ratopati.com
नेपाली काँग्रेस बागमती प्रदेशका सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीले प्रदेश अधिवेशनको एकतर्फी रुपमा उद्घाटन सत्रमा चुनावी प्रचार प्रसारको सामग्री प्रयोग गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले हेटौंडामा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेश अधिवेशन स्थलमा आचारसहिता विपरित एकतर्फी रुपमा गीत, पानीका बोतल, स्वयंसेवको रुपमा खटिएका व्यक्तिले लगाएका पर्चा पम्प्लेट जस्ता सामग्री प्रयोग गरि चुनावी प्रचार प्रसारका सामग्री गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
अधिवेशनमा एकतर्फी रुपमा चुनावी प्रचार प्रसारका सामग्री प्रयोग गर्नु अधिनायकवाद, निरंकुशता र सर्वसत्तावादका चिन्तन बोकेकाहरुले गर्ने उनले बताए । ‘एकतफी रुपमा चुनावी प्रचारका गर्नु अधिवेशन होइन, जुन आज उद्घाटन सत्रमा देखियो । त्यो एकदलीय अधिनायकवादमा, निरकुंशता र सर्वसत्तावादले चिन्तन बोकेकाहरुमा हुन्छ,’ उनले भने । ‘हामीले केपी ओलीलाई सर्वसत्तावादी भन्यौ, निरंकुश भन्यौ, त्यस्तै आजको उदघाटन सत्रमा देख्यौ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)