मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतमा धर्ना बसेकी दिदीको शरीरमा बहिनीले पेट्रोल छर्केपछि…

rajdhanidaily.com · Thu Apr 03 23:11:45 GMT 2025

सुर्खेत । श्रीमानको हत्यामा संलग्नलाई जिल्ला अदालतले धरौटी र तारेखमा छाडेपछि जाजरकोटकी एक महिलाले बिहीबार उच्च अदालत सुर्खेतको गेटमै आत्मदाहको प्रयास गरेकी छन् । सेतो कफन पहिरेर नाबालक छोराका साथ धर्ना बसेकी जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाहीले आत्मदाहको प्रयास गरेकी र उनकी बहिनी शर्मिला शाहीले सोमा सहयोग गरेको भन्दै दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बहिनी शर्मिलाले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेकी थिइन् । उनले दिदी निर्मलाको शरीरमा आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

जाजरकोट जिल्ला अदालतले निर्मलाका श्रीमान् रामबहादुर शाहीको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेखमा छाडेपछि निर्मला सोमबारदेखि उच्च अदालतमा धर्ना बसेकी थिइन् । ‘शान्तिपूर्ण रूपमा धर्नामा बसिराख्नुभएको थियो, (बिहीबार(आज) एक्कासि शर्मिला शाहीले पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले भने, ‘आगो लगाउन खोज्ने शर्मिलालाई प्रहरीले नियन्त्रणमा लिएपछि धर्नामा बस्नुभएकी उहाँकी दिदीले आफू पनि प्रहरीकहाँ जान्छु भनेपछि कार्यालयमा ल्याएका छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)