मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि उच्च अदालतमा सुनुवाइ हुँदै 

nayapatrikadaily.com · Tue Nov 21 00:31:00 GMT 2023

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको मंगलबारदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । पटक–पटक पेसीमा चढेर पनि उच्च अदालतमा यो मुद्दामा सुनुवाइ हुन सकेको छैन । मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियुक्तहरूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध १६ जना उच्च अदालत गएका थिए । त्यस्तै, धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ ।

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)