सर्वोच्चद्वारा निर्णय कार्यान्वयनमा रोक
gorkhapatraonline.com · Mon Oct 17 00:30:01 GMT 2022
काठमाडौँ, असोज ३१ गते । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको मनोनयन रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतले अन्तरिम छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उम्मेदवारी रद्दसम्बन्धी निर्णय पनि झिकाउने आदेश गरेको छ। रिटको टुङ्गो नलागेसम्म उम्मेदवारी रद्दसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)