क्यानद्वारा बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा
ekantipur.com · Tue Jan 31 22:28:53 GMT 2023
पोखरा — नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बन गरेको थियो । त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पर्पक्षका लागि थुनामा थिए । तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)