सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो टोली
gorkhapatraonline.com · Thu Aug 31 06:09:30 GMT 2023
काठमाडौँ, भदौ १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा सहयोग पु-याउने गरी विशेष अनुसन्धान टोली खटाउनुभएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले विमानस्थलबाट तस्करीमार्फत सुन बाहिरिएको घटनामा सङ्गठित गिरोहको संलग्नता हुन सक्ने भएकाले अनुसन्धानमा सहयोग पुग्ने गरी विज्ञ प्रहरी टोली खटाइएको जानकारी दिनुभयो। खटाइएको टोलीमा प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक सुदीप पाठकसहित पाँच जना रहेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)