प्रधानन्यायाधीशमाथि छानबिन गर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको माग
nayapatrikadaily.com · Sat Nov 13 00:31:00 GMT 2021
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्टस् (आइसिजे) र ह्युमन राइट्स वाचले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न माग गरेका छन् । सर्वोच्च अदालतमा देखिएको संकटका कारण नेपालमा न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गएको उनीहरूको निष्कर्ष छ ।
तीनवटै संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै मानव अधिकार र विधिको शासन कायम राख्नका लागि अदालतको विश्वसनीयता र स्वतन्त्रता जोेगाउने र बनाउने गरी तत्काल संकट समाधान गर्न सुझाएका छन् । आइसिजेकी वरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्माले न्यायिक स्वच्छता र स्वतन्त्रताविना सर्वोच्च अदालत कमजोर हुने भन्दै संवैधानिक प्रक्रिया अपनाएर प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, ‘न्याय प्रणालीमा जनआस्था र विश्वास पुनर्स्थापना गर्न संविधानबमोजिम प्रक्रिया अपनाएर प्रधानन्यायाधीशमाथि लगाइएका आरोपहरूलाई शीघ्र, प्रभावकारी र विस्तृत छानबिन गरिनुपर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)