पूर्वीनाकाबाट २४ बिचौलिया पक्राउ
baahrakhari.com · Mon Apr 06 23:08:11 GMT 2026

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दुरीका यातायातका साधनमा चढाउन, होटेलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)