मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीको सन्देश : सर्वसम्मत कठिन 

nayapatrikadaily.com · Wed Nov 24 00:21:00 GMT 2021

धेरैजसो वडा र पालिकामा तथा महाधिवेशन प्रतिनिधि चयनमा सर्वसम्मतलाई प्राथमिकता राखेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय नेतृत्व चयनमा सर्वसम्मत कठिन रहेको प्रस्ट संकेत गरेका छन् । दशौँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यका आकांक्षीको संख्या उच्च देखिएपछि ओलीले चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनोटको विकल्पमा जाने सन्देश दिएका छन् ।

सर्वसम्मतका लागि गरिएको प्रारम्भिक गृहकार्यमा ठोस प्रगति नदेखिएपछि ओलीले मंगलबार पदाधिकारीसहित जुनसुकै पदमा पनि व्यक्तिगत प्रतिस्पर्धालाई स्वागत गरिने सन्देश दिएका हुन् । सर्वसहमति नै उत्तम विकल्प भए पनि प्यानलबाहेक व्यक्तिगत रूपमा हुने स्वच्छ प्रतिस्पर्धामा आफूले कसैको पक्ष नलिनेसमेत ओलीले प्रस्ट्याएका छन् । नेतृत्व चयन गर्ने गरी दुई दिनपछि चितवनको नारायणी किनारमा एमालेको दशौँ महाधिवेशन उद्घाटन हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)