काँग्रेसजनलाई सभापति देउवाको सन्देश, एक तीरले दुई निशाना
hamrakura.com · Sun Jun 20 00:00:00 GMT 2021
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १४औँ महाधिवेशनका लागि नेतृत्वमा दोहोरिने सन्देश शनिवार प्रदेश १ र २ का नेताहरूलाई निवासमै बोलाएर दिए। प्रदेश १ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरू सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सुजाता परियार लगायतलाई बोलाएर देउवाले आफू पुनः पार्टी नेतृत्वका लागि अघि बढ्ने भन्दै सघाउन आग्रह गरे।
शनिवार दिउसो नै देउवाले प्रदेश २ का नेताहरूसँग पनि सोही आशय दोहोर्याए। सो क्रममा सभापति देउवालाई उपसभापति विमलेन्द्र निधिले आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको हुँदा सघाउन देउवालाई आग्रह गरे। निधिले देउवालाई ‘तपाइकै समर्थनमा म सभापति लड्ने’ भन्दै सघाउन आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)