मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला

barnanmedia.com · Mon Sep 02 21:45:29 UTC 2024

कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित जुगेडा जाने बाटोको छेउमा पेस्तोल फेला परेको हो।

विशेष सूचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोली बेवारिसे अवस्थामा पेस्तोल फेला पारेको कैलाली प्रहरीले जनाएको छ।लागूऔषध सेवन गरिरहेका केही व्यक्तिहरूको बारेमा सूचना प्राप्त भएपछि अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो। तर, प्रहरी पुग्दा ती व्यक्तिहरू भाग्न सफल भए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)