सहकारी ठगीमा कास्की प्रहरीले काठमाडौं आएर लियो लामिछानेसँग बयान
ekantipur.com · Mon Sep 02 23:46:55 UTC 2024

काठमाडौं, पोखरा — पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग तथा भदौ १० मा लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर ठाडो बयान लिएको हो ।
सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले भदौ ७ (शुक्रबार) मा लामिछानेसँग करिब १० घण्टा बयान लिएको थियो । मध्यरातसम्म बयान दिएका लामिछाने अर्को दिन चितवन गएका थिए । यता, भदौ ८ र ९ मा कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेसनल र नेचर हर्ब्सको कार्यालयमा छापा मारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)