मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लम्पी, डेंगी, बाढीपहिरो र मूल्यवृद्धिका मुद्दा ओझेलमा‚ ३ सातायता संसद् बैठक बस्न सकेन

ekantipur.com · Wed Aug 09 00:20:24 GMT 2023

काठमाडौँ — प्रमुख प्रतिपक्ष एमालेले क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै लगातार बैठक चल्न नदिँदा संसद्मा आम सरोकारका जल्दाबल्दा विषयमा छलफल हुन सकेको छैन । संसद्मा लगातार देखिएको अवरोध हटाउन सत्तापक्षीय नेताहरूले प्रभावकारी अग्रसरता लिएको पनि देखिँदैन ।

हङकङबाट भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पार गराइएको करिब १ क्विन्टल सुन बरामदपछि एमालेले तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि समेत संलग्नताको आरोप लगाउँदै छानबिन समितिको माग राखेर संसद्मा अवरोध गर्दै आएको हो । राज्यको निकायले गर्ने छानबिनमा मन्त्रीहरूलाई उन्मुक्ति दिइने शंका एमालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)