जलविद्युत् आयोजना : सर्वेक्षण इजाजत रोक्नबाट पछि हट्यो सरकार
ekantipur.com · Thu Oct 21 01:02:52 GMT 2021
काठमाडौँ — जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र रोक्का गर्न भइरहेको गृहकार्य रोकिएको छ । सर्वेक्षण अनुमति रोक्न अन्तिम निर्णयको तयारीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्यमान कानुनी प्रावधानको कारण देखाउँदै पछि हटेको हो ।
हालको कानुनी व्यवस्थाअनुसार प्रक्रिया पुर्याएर आएका व्यक्ति तथा कम्पनीले जलविद्युत्को सर्वेक्षण अनुमति सजिलै पाउँछन् । पहिलो आउने निवेदकलाई पहिलो प्राथमिकता दिएर मन्त्रालय र विद्युत् विकास विभागले अनुमतिपत्र दिँदै आएका छन् । प्रतिस्पर्धा गरेर मात्र अनुमतिपत्र दिनुपर्ने सर्वोच्च अदालतको २ वर्षअघिको फैसलालाई आधार देखाउँदै मन्त्रालयले सर्वेक्षण अनुमति रोक्न पटक–पटक छलफल गरी टिप्पणीसमेत उठाइसकेको थियो । मन्त्रीस्तरीय निर्णयबाट अनुमतिपत्र रोक्ने मन्त्रालयको तयारी थियो । तर विद्युत् ऐन, २०४९ र विद्युत् नियमावली, २०५० मा सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र रोक्न सक्नेबारे कुनै व्यवस्था छैन । ऐन र नियमावलीमा कुनै व्यवस्था नरहेकाले मन्त्रालय अनुमतिपत्र वितरण बन्द गर्ने तयारीबाट पछि हटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)