मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गैरकानुनी रूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा दिँदै साउदी सरकार

rajdhanidaily.com · Thu Jun 05 23:21:35 GMT 2025

काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारले धमाधम एक्जिट भिसा पाउन थालेका छन् । रियादस्थित नेपाली दूतावासका काउन्सिलर कविराज उप्रेतीले दिएको जानकारी चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा १ हजार ६ सय ५८ जना गैरकानुनी रूपमा बसेका नेपालीले एक्जिट भिसा पाइसकेका छन् ।

एक्जिट भिसा पाउनेमा अकामाको म्याद सकिएका १ हजार २ सय ८६ र हुरुव लागेका ३ सय ७२ जना छन् । उनीहरू सबै जना नेपाल फर्किसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)