जुवा खेल्ने २१ जना पक्राउ
lokaantar.com
प्रहरीले जुवा खेल्दै गरेका २१ जनालाई रु पाँच लाख ६२ हजार तीन सय ५० रकमसहित राजधानीबा६ पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ बाक्सिला–२ घर भई काठमाडौँ बुढानिलकण्ठ–११ बस्ने ४० वर्षीय मनिराज अधिकारी, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ बस्ने ७८ वर्षीय नृपलाल बराल, सिन्धुपाल्चोक ईन्द्रावती–५ घर भई हाल गोकर्णेश्वर बस्ने ५० वर्षीया कुमारी तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध–४ का २८ वर्षीय अनुषा लामा छन् । साथै बुढानिलकण्ठ–११ का ३५ वर्षीय सन्तोष गुरुङ, सोही ठाउँका ३१ वर्षीय उज्वल तामाङ, काभ्रेपलाञ्चोक खानिखोला–४ बस्ने ३६ वर्षीय चेतकुमार थोकर, सिन्धुपाल्चोक हेलम्बु–३ का ५० वर्षीय ईन्द्रबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)