न्याय माग्दै सडकमा बबिता
nayapatrikadaily.com · Fri Jun 23 00:29:00 GMT 2023
दलित युवकसँग प्रेमविवाह गरेकी बबिता भन्छिन्– जातपातलाई मुद्दा बनाएर हाम्रो भविष्यमाथि खेलबाड भयो । कानुनी रूपमा गरिएको विवाहलाई अपहरण भन्दै मेरो श्रीमान्लाई फसाएर कारागार पठाइएको छ, उहाँलाई केही भए सडकमै प्राण त्याग्छु ।
आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसर न्याय माग्दै सडकमा उत्रिएकी छिन् । दलित युवासँग प्रेमविवाह गरेपछि बबिताका बुबा ललित इसरले उनका श्रीमान् मनोजकुमार रामविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरेका थिए । सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार पठाएको छ । श्रीमान्को रिहाइसहित न्याय माग्दै बबिताले सासू सरितादेवी राम र गाउँलेसहित सदरमुकाम राजविराजमा प्रदर्शन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)