ओरेन्टल पीडितले सरकारसँग बचत माग दाबी गर्ने म्याद पुस मसान्तसम्म
baahrakhari.com · Wed Jan 04 18:08:00 GMT 2023
काठमाडौं । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेस गर्न फेरि म्याद थप गरिएको छ ।
सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेन्टल पीडितलाई अनलाइनमार्फत माग दाबी गर्न सूचना प्रकाशित गरेको थियो । सो म्याद पुस ११ गते सकिएकामा धेरै पीडितले थाहा नपाएको गुनासो गरेपछि मङ्गलबार पुस मसान्तसम्म म्याद थप गरिएको समितिका सचिव केशवप्रसाद पौडेलले जानकारी दिए । त्यसअनुसार पीडितले पुस मसान्तसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने समितिको कार्यालय प्रमुखसमेत रहेका सदस्य सचिव पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)