सुन तस्करी प्रकरण : पक्राउ परेका १७ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
nepalkhabar.com · Mon Aug 07 16:08:19 GMT 2023
सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई पहिलो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संगठित अपराधमा अनुसन्धान सुरु गरेसँगै उनीहरुलाई पक्राउ परेको १९ दिनपछि जिल्ला अदालतमा लगिएको हो।
यसअघि राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्दा उच्च अदालत पाटनमा उपस्थित गराइएको थियो। उच्च अदालतले पछिल्लो पटक १५ दिनको म्याद दिएपनि अबदेखि सीआईबीले अनुसन्धान गर्ने भन्दै उनीहरुलाई बुझाइएपछि जिल्ला अदालत लगिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)