व्यापारीसँग रकम लिएको आरोपमा एक प्रहरी अधिकृत निलम्बित
ajakoartha.com · Sun Jun 14 06:49:00 GMT 2026

काठमाडौं- व्यापारीसँग रकम लिएको आरोप लागेका काठमाडौंको सोह्रखुट्टेस्थित लैनचौर प्रहरी वृत्तमा कार्यरत एक प्रहरी अधिकृत निलम्बनमा परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रहरी नायव निरीक्षक (सई) गणेश भट्टलाई प्रारम्भिक अनुसन्धानका आधारमा निलम्बन गरिएको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेल क्षेत्रका केही व्यापारीसँग रकम लिएको आरोपबारे छानबिन गर्दा त्यससम्बन्धी प्रमाण फेला परेपछि सई भट्टलाई निलम्बन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)