मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८ वर्षीय बालकको स्कुल होस्टलमा झुन्डिएर मृत्यु

newsofnepal.com · Sun Oct 01 00:20:57 GMT 2023

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार बिहानैदेखि अशान्त भएको छ । शुक्रबार साँझ उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षका बालकको होस्टलमा झुन्डिएर मृत्यु भएपछि वीरेन्द्रनगर बजार र आसपासको क्षेत्र तनावग्रस्त बनेको हो ।

वीरेन्द्रनगर नगरपालिका–६, को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षका बालक मृत भेटिएका थिए । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका सलाम पुलामी मगर झुन्डिएको अवस्थामा फेला परेपछि विद्यालय क्षेत्रमा पूरै अशान्त बनेको प्रहरी प्रशासनले जनाएको छ । घण्टाघर नजिकको उक्त होस्टेलमा शुक्रबार साँझ ५ बजे बालक झुन्डिएको अवस्थामा फेला परेको अवस्थामा प्रहरीलाई जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण शाहीले बताउनुभयो । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)