कोशी सरकार गठनको मुद्दा पूर्ण इजलासमा
gorkhapatraonline.com · Thu Jun 06 00:25:26 UTC 2024

काठमाडौँ, जेठ २४ गते । सर्वोच्च अदालतले कोशी सरकार गठन विवादको मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि मुद्दा पूर्ण इजलासमा पठाएको हो ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमा सुनुवाइ गर्दै संयुक्त इजलासले निवेदकले उठाएका विषयवस्तुको निक्र्यौल पूर्ण इजलासबाट गर्नु उपयुक्त रहेको भन्दै यस्तो आदेश गरेको हो । यसअघि अदालतले जेठ ९ गते मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने क्रममा भएका सम्पूर्ण कामकारबाही अदालतमा पेस गर्न आदेश गरेको थियो । उक्त कागजात प्राप्त भएपछि रिटमा पहिलो पटक सुनुवाइ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)