वाणिज्य बैंकलाई ३ स्वर्ण
neplays.com · Sat Jun 07 16:39:14 GMT 2025
राष्ट्रिय वाणिज्य बैंकले १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा शनिबार ३ स्वर्ण जितेको छ । टेबलटेनिसमा ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । थप १ स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले हात पा¥यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा वाणिज्यका सुजन सुवाल पहिलो भए । नेपाल विद्युत प्राधिकरणका स्वेत बस्नेत दोश्रो र नेपाल वायुसेवा निगमका अंकुर अर्याल तेश्रो भए । सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले स्वर्ण, नागरिक उड्डयनकी सुष्मा थापा मगरले रजत र वायुसेवा निगमकी रञ्जना पोखरेलले कांस्य जिते ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)