बाल मन्दिरको २९ 'सेटिङ' मा बृहस्पतिलाई
ekantipur.com · Tue Feb 22 01:10:11 GMT 2022
काठमाडौँ — नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडा दरमा भोगचलन गर्न दिइएको खुलेको छ । संगठनले २०७२ सालमा उक्त सरकारी जग्गा वार्षिक ९० लाख रुपैयाँ भाडा बुझाउने गरी विसं २१३१ सम्मका लागि बृहस्पति विद्या सदनलाई दिएको हो ।
यसअघिको सम्झौता नसकिँदै संगठनले बृहस्पतिलाई उक्त जग्गा बैंकमा ‘लियन’ (एक किसिमको धितो, जुनबापतको रकम चुक्ता नगरेसम्म बैंकले स्वामित्व ग्रहण गर्न/राख्न सक्छ) राखेर कर्जा निकाल्न पनि स्वीकृति दिएको छ । कानुनअनुसार सरकारी जग्गा धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । स्रोतका अनुसार बाल संगठनका तत्कालीन अध्यक्ष रीता
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)