मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदी किनारका संरचनाबारे चासो, अध्ययन गर्न कार्यदल

ekantipur.com · Wed Sep 04 23:34:52 UTC 2024

काठमाडौँ — काठमाडौं उपत्यकाका मुख्य नदी वाग्मती, विष्णुमती र मनोहरा किनारका दायाँबायाँ ४० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने भनी सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयनमा विवाद सिर्जना भएपछि सरकारले अध्ययन कार्यदल गठन गरेको छ । काठमाडौं महानगरले पनि कार्यदलको सुझाव कार्यान्वयनमा समन्वय गर्ने जनाएको छ ।

सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीको संयोजकत्वमा भदौ १६ मा गठित कार्यदलले आगामी मंगलबार (भदौ २५) भित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘नदी किनारमा संरचना निर्माणको विषयलाई लिएर २०५५ देखि २०८० सम्म करिब २५ वर्ष सरकारले गरेका निर्णय र अदालतबाट भएका आदेशमा केन्द्रित भएर सर्वोच्चबाट ८९ पृष्ठको परमादेश जारी भएको छ,’ कार्यदल संयोजक मैनालीले भने, ‘यो धेरै संवेदनशील विषय छ, अध्ययन गरेर तोकिएको म्यादभित्रै प्रतिवेदन बुझाउनेछौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)