१९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा
Ujyaaloonline.com · Fri Jan 05 01:06:29 GMT 2024
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोलीको घोषणा गरेको हो । एसिया कप खेलेका तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण टोलीमा परेका छैनन्।उनको ठाउँमा बलर दुर्गेश गुप्ता अटाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)