ओलीको रणनीतिले काम गर्दै, कटु आलोचक शाक्य आइन सरकार जोगाउन
hamrakura.com · Sat Jun 12 00:00:00 GMT 2021
काठमाडौँ। सत्तारुढ दल एमालेभित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रणनीति अख्तियार गरेका छन्। माधव नेपाल पक्षका नेताहरूलाई बिस्तारै बिस्तारै विभाजन गराउने, पार्टीमा भित्राउने र उनीहरूलाई जिम्मेवारी दिने गरी नयाँ रणनीति अख्तियार गरेका हुन्। आन्तरिक विद्रोहको तयारी रहेको नेपाल पक्षले बागमती प्रदेशमा भने पार्टीको संस्थापन पक्षलाई समर्थन गरेसँगै ओलीको नयाँ रणनीतिमा नेपाल पक्षभित्र चलखेल सुरु भएको देखिन्छ।
शीर्ष नेताहरूको विवादले विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई बचाउनका लागि नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान कायमै राखेको छ। यही बेला बिहीबार सर्वोच्च अदालतले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी नचिन्ने आशयको फैसला गरेपछि असजिलो महसुस गरेका ओलीलाई बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले दबाब दिने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा एकजुट भएर प्रस्तुत हुने बताइन। जसले गर्दा एमालेभित्रको विवादले नयाँ मोड लिने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)