दाङको टरिगाउँ विमानस्थल चलाउन सकस
ratopati.com · Sat Feb 10 00:07:00 GMT 2024
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको गौतमबुद्ध विमानस्थल प्रयोग गर्दछन् । दाङ र आसपासका बासिन्दा तथा व्यवसायीको नियति पनि यस्तै नै छ ।
नेपालको पुरानो विमानस्थल मानिने दाङको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा यस्तो समस्या भएको हो । टरिगाउँ विमानस्थल साँघुरो भएको भन्दै दाङको नारायणपुरमा विमानस्थल निर्माण गर्न पहल भएको एक दशकभन्दा बढी समय भए पनि ठोस काम भएको छैन । परिणामस्वरुप दाङ जिल्लावासीले विमान सेवा प्रयोग गर्न नेपालगञ्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)