मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ

rajdhanidaily.com · Thu Jan 04 23:33:08 GMT 2024

रौतहट । रौतहट प्रहरीले १८ लाख रुपैयाँ भन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका–५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई प्रहरीले १ हजार दरको नोट थान १८४३ अर्थात १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो ।

देवाही गोनाही नगरपालिका– ८ पटेल चौक नजिकबाट यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)