मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजधानीमै सामूहिक हत्या कसरी भयो ?

annapurnapost.com · Sun Sep 17 00:48:59 GMT 2023

काठमाडौं : दोलखा कालिञ्चोक–८ की ७६ वर्षीया सुभद्रा भुजेल कुसेऔंसीमा गोकर्णमा पितृतर्पण गर्न भदौ २६ गते काठमाडौं आइन्। बालुवाटारमा पसल गरी बसेका छोरा गणेश भुजेलको डेरामा बसिन्। २८ गते पितृतर्पण कार्य सम्पन्न गरिन्। शनिबार घर फर्किने उनको योजना थियो। त्यसैकारण शुक्रबार गैरीगाउँ तीनकुनेमा बस्दै आएका जेठा छोरा कुमारको डेरामा पुगिन्। किनभने, गैरीगाउँबाट दोलखाका लागि बस चढ्न पनि सहज हुन्थ्यो।

जेठा छोरा कुमार र बुहारी गैरीगाउँस्थित दिव्य सःमिल अर्थात् काठ उद्योगमा काम गर्थे। त्यहीँ डेरा थियो। आमा सुभद्राले राति जेठो छोरा/बुहारीको डेरामा बास बसेर बिहानै गाउँ फर्किने सोच बनाएकी थिइन्। तर, त्यही राति सुभद्रासहित छोरा र बुहारीको सामूहिक हत्या भयो। ‘उहाँ (सुभद्रा) को शनिबार घर फकिर्ने तयारी थियो,’ सःमिल सञ्चालक बालकृष्ण सिवाकोटीले भने, ‘तर राति नै जेठो छोराबुहारीसहित उहाँको पनि हत्या भएछ।’ काठमिलभित्र अर्का एकजनाको पनि हत्या भएको अवस्थामा शव फेला परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)