मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारी घटना : प्रहरीबाट घातक बल प्रयोग, डीआईजी नेतृत्वमा छानबिन समिति

ekantipur.com · Sat Dec 30 00:47:06 GMT 2023

काठमाडौँ — श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको छ । युवाले मन्त्रीको गाडी जलाइदिएका छन् भने नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोलीबाट अन्य कैयौं घाइते भएका छन् ।

गत साउनमा कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरू आक्रोशित भएका थिए । प्रदर्शनमा उत्रिएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । प्रहरीले गोली र लाठी प्रहार गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)