मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बोलपत्रको सूचना अनिवार्य पत्रिकामै प्रकाशित गर्नुपर्ने सर्वोच्चको फैसला

rajdhanidaily.com · Thu Jan 11 01:13:13 GMT 2024

काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी सूचना पत्रपत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुलअजीज मुसलमानको संयुक्त इजलासले सार्वजनिक खरिद ऐनविपरीत निर्देशिका जारी गरिएको ठहर गरेको छ । सर्वोच्च अदालतले सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरी बोलपत्र आह्वान गर्नुपर्ने फैसला गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘विद्युतीय खरिद प्रणाली निर्देशिका–२०८०’ जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरिएको अवस्थामा बोलपत्र खरिद प्रक्रियासँग सम्बन्धित कुनै पनि सूचना अन्य माध्यमबाट प्रकाशन गर्नुपर्नेछैन भन्ने व्यवस्था गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)