स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित सशस्त्रद्वारा भारतीय नागरिक पक्राउ
rajdhanidaily.com · Sat Jul 08 00:47:06 GMT 2023
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले श्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक रामजंग पाण्डे नेतृत्वको सो प्रस्तावित गुल्मले भारत पूर्वी चम्पारण बजितपुर पोष्ट पञ्चायत –४ का ३७ वर्षीय राकेश जयसवाललाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको हो । स्कुटीको डिक्कीमा राखेर उनले सो रकम ल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)