मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँसबारीको सरकारी जग्गा हिनामिनामा सांसद विनोद चौधरीमाथि पनि अनुसन्धान

nayapatrikadaily.com · Thu Mar 21 00:46:00 GMT 2024

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद एवं अर्बपति उद्योगी विनोद चौधरी अनुसन्धानको दायरामा तानिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको हो ।

सिआइबीले सभामुखलाई पत्रमार्फत जानकारी गराउनुलाई चौधरी पक्राउसमेत पर्न सक्ने पक्षबाट हेरिएको छ । बिहीबारदेखि १० दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको अवस्थामा सिआइबीले सभामुखलाई पत्र लेखेको हो । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले ०४३ मा हडपेको थियो । उक्त जग्गामा समूहले सिजी चाँदबाग स्कुल चलाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)