मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामिछानेलाई गृहमन्त्रीबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट

ekantipur.com · Mon May 27 23:44:57 UTC 2024

काठमाडौँ — सहकारी बचत अपचलनको अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने सम्भावना रहेको भन्दै उपप्रधान तथा गृहमन्त्रीको पदबाट रवि लामिछानेलाई निलम्बनको आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईद्वारा दायर रिट निवेदनलाई सर्वोच्चका रजिस्ट्रार विमल पौडेलले यसअघि दरपीठ गरिदिएका थिए ।

दरपीठ आदेशलाई जेठ ९ मा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले खारेज गरी अधिवक्ता भट्टराईको रिट दर्ता गर्न आदेश दिएका थिए । सोही आदेशलाई टेकेर सोमबार रिट दर्ता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)