बालुवाटारको बिदाइ भेटमा ओली आक्रोशित : अदालतमा राजनीति भयो, प्रचण्डले भनेको कुरा ठ्याकै कसरी मिलिरहेको छ?
pahilopost.com · Tue Jun 22 17:40:45 GMT 2021
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा राजनीति भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सर्वोच्च अदालतले जेठ २१ र २७ गते ओलीको मन्त्रिपरिषद् विस्तारको निर्णयलाई मंगलवार बदर गरेपछि ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए।
मन्त्रीहरुसँगको छलफलमा ओलीले अदालतमा सेटिङ भएको बताए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दिनअघि नै मन्त्रीहरु मदमुक्त हुने भनि अभिव्यक्ति दिएकाले अदालतमा सेटिङ भएको बताएको निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)