नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक बृद्ध पक्राउ
rajdhanidaily.com · Tue Apr 16 23:43:23 UTC 2024

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ को दिल बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिए ।
आरोपित श्रेष्ठलाई प्रहरीले खाँदबारी नगरपालिका –१ स्थित बसर्पाकबाट सोमबार राति पक्राउ गरेको प्रहरी निरिक्षक जबेगुले बताए । उजुरी लगत्तै फरार भएका आरोपित श्रेष्ठ भारतको सिलाङ बस्दै आएका थिए । प्रहरी निरिक्षक जबेगुका अनुसार बिभिन्न प्रलोभनमा पारी पटक÷पटक २०८० साउन २० गते सम्म जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित परिवारले उजुरी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)