मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठगी अभियोगमा वडा सदस्यसहित ४ जना जेल चलान

rajdhanidaily.com · Fri Dec 22 23:43:18 GMT 2023

पोखरा । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी अभियोगमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका हुन् । पहारी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जनप्रतिनिधि निर्वाचित भएका थिए । यसैगरी अन्यमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)