६ हजारमा बन्दुक लाइसेन्स, ४ हजारमा नवीकरण
ekantipur.com · Wed Mar 20 01:04:40 GMT 2024
काठमाडौँ — ‘श्रीमान्, पहिले सुरक्षाको प्रत्याभूति होस्,’ अधिवक्ता ओमप्रकाश अर्यालले मंगलबार बहस सुरु गर्नुअघि सर्वोच्चको इजलासमा सर्त राखे, ‘प्रतिवादीका तर्फबाट बोलेबापत हमला हुँदैन भन्ने के ग्यारेन्टी छ ? त्यसको सुनिश्चय जरुरी भएको छ ।’अर्यालले यसो भन्नाको कारण थियो, सर्वोच्च अदालतमा हतियारसहित प्रवेश गर्न खोज्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रयास । सोमबार सर्वोच्च परिसरमा खानतलासी गर्दा प्रसाईंका सहयोगीको साथमा अर्धस्वचालित हतियार र सय गोली फेला परेपछि कानुन व्यवसायीले पनि असुरक्षित महसुस गरेका हुन् ।
‘मुद्दाको सुनुवाइ हुने दिन हतियार लिएर आउनु भनेको न्यायालयलाई पनि धम्क्याउनु हो,’ अर्याल भन्छन्, ‘मैले यही कुरा इजलासमा राखें र विपक्षीमा बोल्नेमाथि आक्रमण हुन्न भन्ने प्रत्याभूति दिलाउन इजलासलाई पटक–पटक आग्रह गरें ।’ अर्यालले देशको सर्वोच्च न्यायालयमा पनि असुरक्षित महसुस गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)