मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामिछानेलाई १५ दिन म्याद थप्दा अदालतले टेकेका आधार

rajdhanidaily.com · Sun Nov 24 23:22:40 GMT 2024

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई १५ दिन म्याद थप भएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित चार जनामाथि अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आइतबार बहसपछि न्यायाधीश बेल्वासेको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो । यससँगै उनीहरू अझै २३ मंसिरसम्म प्रहरी हिरासतमा रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)