सिरहामा बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ
ekantipur.com · Tue Nov 26 17:07:15 GMT 2024
सिरहा — सिरहामा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनगढीमाई नगरपालिका-१३ का ७२ वर्षीय रुद्रबहादुर खत्रीलाई बलात्कारको आरोपमा आइतबार नै पक्राउ गरेको हो ।
खत्रीले गत कात्तिक १४ गते डरत्रास देखाई खोल्सीमा लगी जबर्जस्ती गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा खत्रीलाई उदयपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)