महिला आन्दोलनका सामु बादशाह’ ले घुँडा टेके, लुम्बिनीको मन्त्रीबाट राजीनामा
ekantipur.com · Wed Sep 11 00:02:40 UTC 2024
काठमाडौं, दाङ — अपहरण तथा शरीर बन्धक र ठगीसहित विभिन्न पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने भनी प्रहरीको अनुसन्धान प्रतिवेदनले किटान गरे पनि बेवास्ता गर्दै लुम्बिनीमा मन्त्री बनाइएका बादशाह कुर्मीले राजीनामा दिएका छन् । जघन्य अपराध अभियोगमा मुद्दा चलाउन अनुसन्धान समितिले प्रतिवेदन दिए पनि यसलाई बेवास्ता गरेर कांग्रेस–एमाले सत्ता गठबन्धनले कुर्मीलाई लुम्बिनीमा वन तथा वातावरणमन्त्री बनाएको थियो ।
कुर्मी मन्त्री बनेलगत्तै जनस्तरबाटै विरोध भए पनि सत्ता गठबन्धनले बेवास्ता गर्दै आएको थियो । कुर्मीलाई अनुसन्धानको दायरामा ल्याउनुको साटो मन्त्री बनाएको विषयमा विरोध नरोकिएपछि कुर्मी मंगलबार पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)