हनी ट्रयाप प्रकरणमा फरार इन्सपेक्टर विनु शाहीलाई किन पक्राउ गर्दैन प्रहरी?
barnanmedia.com · Thu Nov 28 21:33:59 GMT 2024

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताज इस्लाम पुर्पक्षका लागि थुनामा पुगेका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको बिहीबारको इजलासले इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउनुका साथै भीमादेवीलाई २ लाख र सुस्मा विकलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको छ। प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ।
उनीहरूसहित ६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। तर, हनी ट्रयाप घटनाकी मुख्य अभियुक्त प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर बिनु शाही र सुनसरीका दर्शन पोखरेल अझै फरार छन्। प्रहरीले शाहीलाई पक्राउ गर्न रुची देखाएको छैन। अदालतले पनि फरार भएकाले उनीहरुको हकमा कुनै आदेश दिएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)