मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थप हवाई प्रवेश मार्गबारे भारतीय समकक्षीसँग पर्यटनमन्त्रीको छलफल

barnanmedia.com · Thu Sep 12 22:18:37 UTC 2024

काठमाडौँ, २७ भदौ : भारतको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्गबारे भारतीय समकक्षीसँग छलफल गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा आज पर्यटनमन्त्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा थप हवाई प्रवेश बिन्दु तथा दुई देशका विभिन्न सहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)