५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
annapurnapost.com · Thu Feb 08 01:16:30 GMT 2024
काठमाडौं : अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका पक्राउ पर्नेमा सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह प्रकाउ परेका हुन् । उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति रु सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ । मासिक रु एक लाख ५५ हजार तलब पाइने भन्दै तीनै जनाले पीडितबाट रु ६३ लाख ठगी गरेको पाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)