मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागु औषधसहित बाराबाट दुई भारतीय पक्राउ

barnanmedia.com · Sun Jun 15 23:21:54 GMT 2025

लागू औषध कारोबारमा संलग्न दुई जना व्यक्ति भारतीय नम्बर प्लेटको स्यान्ट्रो गाडी सहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजार नजिक भारतीय नम्बर UP78CB9835 भएको स्यान्ट्रो कारमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सो गाडीलाई नियन्त्रणमा लिएको हो।

प्राप्त सूचनाका आधारमा मिति २०८२ जेठ ३० गते राती ९ बजेको समयमा लागु औषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा गाडीको ढोकामा र डिक्कीमा रहेको खाली अक्सिजन सिलिन्डर भित्र लुकाई राखिएको अवस्थामा ८२,९०० ट्रमाडोल क्याप्सुल, नगद रु. ६५,०००, २ थान मोबाइल, १ थान अक्सिजन सिलिन्डर, र सोही भारतीय स्यान्ट्रो गाडी फेला पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)