मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छुरी प्रहार गरी १९ वर्षीय युवतीको हत्या, २० वर्षीय युवक पक्राउ

barnanmedia.com · Fri Sep 13 22:00:05 UTC 2024

झापाको अर्जुनधारा–६ बिर्तामोडको शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ एक युवाले छुरी प्रहार गरेर युवतीको हत्या गरेका छन् ।

साँझ ६ बजेर ४० मिनेट जाँदा कैलाली गौरीगंगा नगरपालिका–३ का २० वर्षीय युवक अनिलज विकले इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीय युवती मनिषा लोहारको हत्या गरेका हुन् । युवती मनिषा विर्तामोडमै बस्दै आएकी थिइन् । युवतीलाई धारिलो हतियार प्रहार गरेपछि गम्भीर घाइते बनेकी थिइन् । उनको उपचारकै क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । ती युवतीलाई युवकले धेरै पटक छुरा रोपेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)