कर्णाली विकास बैंक घोटाला: डुब्न लाग्दा पनि ‘ठीकठाक छ’ भनी रिपोर्ट बनाउने राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ
clickmandu.com · Fri Jul 18 16:51:39 GMT 2025

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका एक पूर्वकर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुगमन प्रतिवेदनमार्फत घोटालालाई लुकाउने भूमिकामा रहेका राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको हो ।
सुनसरी स्थायी घर भई हाल काठमाडौं टोखा बस्दै आएका ६१ वर्षीय बस्नेतलाई सीआईबी टोलीले बुधबार पक्राउ गरेको हो । बस्नेत राष्ट्र बैंकमा कार्यरत रहँदा कर्णाली विकास बैंकको निरीक्षणका लागि खटिएका थिए । बैंक गम्भीर आर्थिक समस्यामा फसेको अवस्थामा समेत उनले अवस्था सामान्य रहेको भन्दै सकारात्मक प्रतिवेदन दिएको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)